बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मल्लकालीन शैलीका घर लोप हुँदै

पुनःनिर्माणमा परम्परागत कला, शैली उपेक्षित
बिहीबार, २६ भदौ २०७६, १२ : १२
बिहीबार, २६ भदौ २०७६

भूकम्प पछाडि पुनःनिर्माणको क्रममा परम्परागत कला, शैली र स्थानीय स्रोतसाधनको प्रयोग गरेर आधुनिक सुविधायुक्त घरहरु न्यून संख्यामा बनेका छन् । २०७२ सालको भूकम्पपछि ४ लाख ३० हजार निजी आवास निर्माण भएपनि प्राचीन मल्लकालीन शैलीमा २ हजार ९ सय २४ वटा निजी आवास निर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्प अगाडि परम्परागत मल्लकालीन शैलीमा बनेका घरहरु पुनःनिर्माणको क्रममा ढलान गरेर निर्माण भइरहेको छ ।  ललितपुर ७०, भक्तपुर १२ सय ७०, काठमाडौँमा १ हजार ८२, नुवाकोट चार सय र दोलखामा १ सय २ वटा गरी जम्मा २ हजार ९ सय २४ वटा पुरानै शैलीमा निर्माण भएको प्राधिकरणका इन्जिनियर शिक्षा श्रेष्ठले बताइन् । उपत्यकालगायत आसपासका क्षेत्रमा परम्परागत शैली अपनाएर आधुनिक सुविधायुक्त घर न्यून संख्या निर्माण भइरहेको उनले  बताइन ।


सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल भनेर चिनिए पनि ०७२ साल पछाडि सांस्कतिक भौतिक संरचना निर्माण गर्ने क्रममा पुराना कलाकौशल, स्थानीय साधन स्रोत प्रयोग नगर्दा प्राचीन शैली लोप हुने अवस्थामा पुगेको सम्पदाविद् रवीन्द्र पुरीले बताए ।

‘परम्परागत साँस्कृतिक सम्पदाहरु संकटमा परेको छ, सरकारी भवनहरु पुनःनिर्माण गर्दा बाहिर देखिने अनुहार मात्रै परम्परागत शैलीमा निर्माण गरिन्छ, निजी आवास निर्माण गर्दा पनि ध्यान दिएनन्’ पुरीको गुनोसो छ ।

परम्परागत सांस्कृतिक सम्पदाको महत्त्वको बारेमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारसम्मले जानकारी राख्न जरुरी रहेको उनको भनाइ छ ।

*****

सम्पदाविद् पुरीका अनुसार पुनःनिर्माणका निर्माणको लागि एक घरलाई दिने ३ लाख रुपियाँ र स्थानीय स्रोत साधन, प्राविधिक रुपमा सहयोग जुटाएर भूकम्प प्रतिरोधी परम्परागत शैलीमा मल्लकालीन आधुनिक घर निर्माण गर्न सकिने उनले उनले बताए । सांस्कृतिक सम्पदाका रुपमा चिनिएका पुराना शैलीका निजी नमुना आवास बनाए पर्यटकीय क्षेत्रको रुपमा घान्दु्रकमा जस्तै धेरै स्थानहरुको विकास गर्न सकिने उनले बताए ।

*****

चार वर्षको अवधिमा ४० प्रतिशत निजीआवास निर्माण गर्न बाँकी रहेपनि पुरानो मल्लकालीन शैली अपनाएर बन्न विभिन्न समस्या खडा हुने प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए । आगामी असार मसान्तसम्ममा पुनःनिर्माणको कार्य सम्पन्न गर्ने प्राधिकरणको योजना छ ।

भूकम्पपछि पुनःनिर्माण भएका निजी आवासहरु  स्थानीय स्रोत साधनको प्रयोग गरेर बनिरहेको उनले बताए । ग्रामीण क्षेत्रमा बनेका निजी आवासहरु एकाध घर बाहेक ढुङ्गा, माटो र काठहरु प्रयोग भएका छन् । परम्परागत शैलीलाई पुनःनिर्माणको क्रममा लोप हुन नदिएको उनले जिकीर गरे ।

‘मापदण्डमा आधारित भएर इटा, सिमेन्ट बालुवाको घर निर्माण भएका छन्, निजी आवास बनाउदा छाना चाहिँ जस्ताको अनिवार्य गरिएको छ, झिगटी, ट्रायल, ढुङ्गा र खरको छाना जस्ता पाता जस्तो सुरक्षित हुँदैन’ उनले भने ।

भूकम्पले क्षति पु¥याएको बालमन्दिर, सिंहदरवार, केशर महल, बबरमहल, त्रिचन्द्र क्याम्पस लगाएतका भवनलाई पुनःनिर्माण गर्दा पुरानै शैलीलाई अपनाएर निर्माण गर्ने उनले बताए ।

उपत्यका बस्तीहरु बुङमती, खोकना, साँखु र बाहिरी जिल्ला नुवाकोट, गोरखा, दोलखालगायतका ठाउँमा पुनःनिर्माण गर्दा पुरानै मल्लकालीन शैली अपनाएर काम गर्ने प्राधिकरणले योजना बनाएको उनले बताए । 

*****

मौलिक परम्परागत शैली र  स्थानीय स्रोत साधानको प्रयोग गरेर पुरानो शैलीमा निजी आवास निर्माण गर्नेलाई सरकारले ३ लाखबाहेक थप ५० हजार प्रोत्साहन स्वरुप दिने गरेको आयोजना उपनिर्देशक सिंह विश्वकर्माले बताए । ‘स्थानीयले आफ्नै स्रोत साधन प्रयोग गरेर पुराना मल्लकालीन शैलीमा घरहरु बनाउन खोजे पनि सरकारले दिँदै आएको ३ लाख ५० हजार रुपैँयाले निर्माण गर्न सक्दैन यद्यपि उपत्यकामा मल्लकालीन घर बनाउन स्थानीय सरकारहरुले प्रोत्साहन गर्दै आएको छ’ उनले भने ।

*****

प्राचीन स्मारक भन्नाले इतिहास, कला विज्ञान, वास्तु कला वा स्थापत्यकालाको दृष्टिकोणले महत्त्व राख्ने १ सय वर्ष नाघेका मन्दिर, स्मारक, घर देवालय, शिवालय, मठ, गुम्बा, विहार, स्तुपा आदिलाई संरक्षण प्रवद्र्धन गर्नुपर्छ भन्ने मान्यता हो  । तर पर्वतको फलेवासस्थित तीन शताब्दीअघि बनेको काजीघरलाई भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण गर्न खोज्दा स्थानीय तह र प्राधिकरणबीचमा कुरा मिल्न नसक्दा मौलिक परम्परामा आधारित भएर कलात्मक तरिकाले निर्माण गरिका झ्याल, ढोका जस्ता अन्य सामग्रीहरु टहरोमा थन्किएको छ ।

मौलिक परम्परागत शैली र  स्थानीय स्रोत साधानको प्रयोग गरेर पुरानो शैलीमा निजी आवास निर्माण गर्नेलाई सरकारले ३ लाखबाहेक थप ५० हजार प्रोत्साहन स्वरुप दिने गरेको आयोजना उपनिर्देशक सिंह विश्वकर्माले बताए । ‘स्थानीयले आफ्नै स्रोत साधन प्रयोग गरेर पुराना मल्लकालीन शैलीमा घरहरु बनाउन खोजे पनि सरकारले दिँदै आएको ३ लाख ५० हजार रुपैँयाले निर्माण गर्न सक्दैन यद्यपि उपत्यकामा मल्लकालीन घर बनाउन स्थानीय सरकारहरुले प्रोत्साहन गर्दै आएको छ’ उनले भने ।

उत्यकामा निजी आवासहरु निर्माण गर्ने क्रममा एउटा घरसँगै अर्को घर जोडिएको हुँदा एउटा घर भत्काउँदा अर्को घरलाई भत्काउनुपर्ने अवस्था सृजना भएको उनले बताए । परम्परागत शैलीमा निजी आवास प्रवलीकरण गर्न स्थानीय तहदेखि केन्द्रीय सरकारले सहयोग गर्दै आएको छ । ‘स्थानीय स्रोत साधनको प्रयोग गरेर ९ लाख घर बनाउन प्रत्येक घरलाई ३ लाख सरकारले  दिँदा पनि निर्माण कार्य सम्पन्न गर्न चुनौती छ, सुरक्षित परम्परागत शैलीमा आधुनिक सुविधायुक्त निजी आवास ग्रामीण भेगमा बनाउन आर्थिक अभावका कारण प्रायःले सक्दैन ।’

सम्पदाविद् पुरीका अनुसार पुनःनिर्माणका निर्माणको लागि एक घरलाई दिने ३ लाख रुपियाँ र स्थानीय स्रोत साधन, प्राविधिक रुपमा सहयोग जुटाएर भूकम्प प्रतिरोधी परम्परागत शैलीमा मल्लकालीन आधुनिक घर निर्माण गर्न सकिने उनले उनले बताए । सांस्कृतिक सम्पदाका रुपमा चिनिएका पुराना शैलीका निजी नमुना आवास बनाए पर्यटकीय क्षेत्रको रुपमा घान्दु्रकमा जस्तै धेरै स्थानहरुको विकास गर्न सकिने उनले बताए । परम्परागत शैली अपनाएर सुरक्षित तथा आधुनिक सुविधा भएका घर बनाउन आर्थिक रुपमा धेरै बोझ हुन्छ भन्ने भ्रम नपाल्नसमेत उनले सबैलाई आग्रह गरे ।

‘पुरानो घरको जग ढुङ्गाले बनेको हुन्छ, त्यसैले घरको सम्पुर्ण भार पर्खालमा पर्छ, जगमा ढुङ्गा मात्रै हुँदा जग कहिल्यै पनि मकिँदैन, उखान नै छ जग बलियो भयो भने घर बलियो हुन्छ’  ढुगाको मात्रै जग भएको घरले भूकम्पको सामना गर्न सक्ने सम्पदाविद् पुरीको भनाइ छ । यसरी परम्परागत शैलीमा निर्मित घरको छिँडी सधैं चिसो हुने उनले बताए । ‘परम्परागत शैलीमा निर्माण भएका घरहरु जाडोमा न्यानो र गर्मीमा शिलत हुन्छ्, युरोपतिर निर्माण गरिएका घरमा एयर कन्डिसन मिलाएर बस्दा स्वास्थ्यमा समस्या आएकाले इको आर्किटेक शैली अपनाएर घर निर्माण गर्ने चलन बढेको छ’  सम्पदाविद् पुरीले भने । इको आर्केटेक्चर अनुसार नेपालको जस्तै जाडोमा न्यानो र गर्मीमा चिसो हुने घर विदेश बन्न लागे नेपालमा ढलान गरेका भौतिक संरचना बढेको छ । 

विगत २० वर्षदेखि नेपाली कला संस्कृति, सभ्यता र सम्पदाको मौलिक पहिचान र वस्तुकलाको झल्को दिने नयाँ संरचना निर्माण  र पुरानालाई यथास्थितिमा जीर्णोद्वार हुँदै आएका पुरीले विगत विभिन्नका विकट स्थानमा पुगेर स्थानीय स्रोत साधनको प्रयोग गरेर सुरक्षित पुरानो शैलीमा स्कुल, घर, सांस्कृतिक सम्पदा बनाउँदै आएका छन् । यस्तै, सुर्र्यिवनायक र बनेपा नगरपालिकाको सीमास्थित सरस्वती डाँडो मल्लकालीन शैलीमा नमुना वस्तीको निर्माण कार्य भइरहेको उनले जानकारी दिए ।

सम्पदाविद् पुरी भन्छन्, ‘स्थानीय कलाशैलीको प्रयोग गरेर तीन वटा  माटो घर, इँटा घर र ढुङेघर भनेर नाम दिएर निर्माण गरिएको  छ  । गाउँगाउँ भूकम्पप्रतिरोधी घरका नाममा सिमेन्ट बालुवाबाट घर निर्माण चलन छ । तर त्यो गलत हो । व्यवस्थित तरिकाले प्राचीन सामग्रीको प्रयोग गरेर कम लागतमा नै पनि परम्परागत मल्लकालीन शैलीमा आधुनिक सुविधासम्पन्न भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप