शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय युवा संघको विशेष बैठकले गर्‍यो महत्त्वपूर्ण सात निर्णय

बिहीबार, २६ भदौ २०७६, ११ : १५
बिहीबार, २६ भदौ २०७६

काठमाडौँ– राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने भएको छ । युवा संघ नेपाल र वाइसीएलबीच एकता भइ बनेको राष्ट्रिय युवा संघको विशेष बैठकले केन्द्रीय समिति ३३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति माग्ने निर्णय गरेको हो । 

बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै राष्ट्रिय युवा संघले ४ जना पछि थप्नेगरी ३३१ मध्ये साविक युवासंघ नेपालबाट १७६ र वासिएलबाट १५५ जना सदस्य चयन गर्ने जनाएको छ । 

त्यस्तै बैठकले राष्ट्रिय युवा संघ नेपालको सचिवालयमा युवासंघबाट ५७ र वासिएलबाट ५२ जना गरी थप्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय कार्यालयको नौ सदस्यका लागि युवासंघबाट ५ र वाइसिएलबाट चार जना चयन गरिने, संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने निर्णय पनि गरेको छ । 

त्यस्तै यसअघि पारित मस्यौदा विधानमा यो निर्णय समावेस गरेर पारित गरिएको राष्ट्रिय युवा संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी सात प्रदेशमध्ये ४ मा तत्कालीन युवासंघ र ३ प्रदेशमा तत्कालीन वासिएलले संगठनात्मक नेतृत्व लिने तथा ७७ मध्ये ४२ मा साविक युवासंघ र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय भएको जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप