शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुटे विप्लवका छोरा प्रकाश चन्द

बिहीबार, २६ भदौ २०७६, ०९ : १६
बिहीबार, २६ भदौ २०७६

काठमाडौं । बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका सरकारद्वारा प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पक्राउ परेका प्रकाश चन्दलाई रिहा गरिएको पुष्टि गरे । 

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच बिहान भएको झडपको क्रममा उनीहरु पक्राउ परेको थिए ।

प्रकाशले केही दिनदेखि विभिन्न माग राखी चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरिरहेको आन्दोलनको अगुवाइ गर्दै आएका थिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप