रौतहटको राजपुर नगरपालिकास्थित कुडिआमा झडप, प्रहरीले गोली चलायो
बुधबार, २५ भदौ २०७६, २३ : ०२
रौतहट-रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठको स्थानमा क्षति पुर्याएपछि बुधबार साँझ झडप भएको थियो । झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्यास सहित २९ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।
झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । अहिले अवस्था समान्य भैसकेको समेत प्रहरीले जनाएको छ ।
प्रत्येक बर्ष त्यस ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ । हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने