शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजदूत झा हत्या प्रकरणः कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान

बुधबार, २५ भदौ २०७६, २० : ०४
बुधबार, २५ भदौ २०७६

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराम तामाङलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

तामाङ झण्डै एक दशकयता झाको घरमा कार्यरत थिए । उनले सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए ।

तामाङलाई गत साउन ३१ गते महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । तामाङविरुद्ध झा पत्नी ज्ञानुले महानगरीय प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएकी थिइन् । 

गत वर्ष भदौ ४ गते ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । घटनालगत्तै अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । 

तर, उनीहरुविरुद्ध प्रमाण नजुटेपछि तीनै जना छुटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप