बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

यू–१६ टोली जोर्डन जाँदै

बुधबार, २५ भदौ २०७६, १९ : ३२
बुधबार, २५ भदौ २०७६

काठमाडौं– जोर्डनमा  भदौ २८ गतेदेखि सुरु हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोलीको विदाई गरेको हो ।

टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले हालै भारतका सम्पन्न यू–१५ साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका अधिकांश खेलाडीलाई समेटेर नयाँ टोली बनाएका छन् । छनोट च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजा जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलंका रहेको छ । नेपालले भदौ २८ गते जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

नेपालले दोस्रो खेल ३० गते कुवेतसँग, तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । समूहको शीर्ष टोलीले दोस्रो चरणको छनोट खेलमा स्थान बनाउनेछ । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत विदाई गरे । नेपाली टोली बिहिबार जोर्डन प्रस्थान गर्नेछ । 

नेपाली टोलीका खेलाडी 
गोलरक्षक : मनोज दहाल, जेनियस केसी र पथ्थुहाङ नेम्वाङ

रक्षक : अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमीर हमिद

मिडफिल्डरः  नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मे जय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री

स्ट्राइकर : शशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप