बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नीजि क्षेत्र पूर्वाधार परियोजनामा लगानी गर्न सक्ने अवस्थामा छैन : बाबुराम भट्टराई

बुधबार, २५ भदौ २०७६, १४ : ४३
बुधबार, २५ भदौ २०७६

काठमाडौं–पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताएका छन् ।  द्रूतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न उनले नीजि क्षेत्रलाई अपिल समेत गरे । 

राजधानीमा आजबाट शुरु भएको इन्फ्रास्टक्चर सम्मेलनमा बोल्दै भट्टराईले अहिले काठमाडौंमा केन्द्रित शहरीकरणलाई विकेन्द्रिकरण गर्न कम्तिमा तराइ मधेशसँग जोड्न तराई क्षेत्रमा शहरीकरण बढाउन सकिने उल्लेख गरे । उनले अन्य पुर्वाधार आयोजनामा अहिले नै निजी क्षेत्रले लगानी गर्नसक्ने सामथ्र्य बनाइनसकेको जनाए । ‘हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन,’ उनले भने, ‘यसले हाम्रो निजी क्षेत्र अहिले पुर्वाधार परियोजनामा लगानी गर्नसक्ने अवस्थामा नपुगेको देखाउँछ ।’ 

नेता भट्टराईले बजारको विकास गर्न हरेक गाउँसम्म सडक सञ्जाल जोड्नुपर्ने उल्लेख गरे । 

अहिले विश्व चौंथो औद्योगिक क्रान्तिको चरणमा रहे पनि नेपालले पहिलो औद्योगिक क्रान्तिसम्म गर्न नसकेको भट्टराइले बताए । भारत र चीनदेखि भुटान र बंगलादेशसम्म बजारीकरण गर्न क्षेत्रीय कनेक्टिभिटीमा ध्यान दिनुपर्ने उनको तर्क छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐन देखि विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनलगायत थुप्रै कानूनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए । डुइङ विजिनेशलाई सुधार गर्न नीतिगत र प्रकृयागत सुधारमा लागिएको उनको भनाइ छ  । भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको बताए । 

कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले विश्वब्यापी तापमान बृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्येनजर गरेर रेसिलियण्ट पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यक्रममा  सीएनआईका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पुर्व राजश्वसचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलोजी, अस्ट्रेलियाका सीईओ गोविन्द पाण्डे, एडीबीका पुर्व उपाध्यक्ष डा विन्दु लोहनी लगायतले पछिल्लो समय नेपालमा लगानीको वातारण सुधार भइरहेको र लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको बताए ।

आजबाट नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल सरकार र नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थासँग मिलेर सम्मेलन आयोजना गरेको हो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप