बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीको पानी ‘बाचा’मै सीमित !

बुधबार, २५ भदौ २०७६, १४ : ३९
बुधबार, २५ भदौ २०७६

काठमाडौँ– सांसद सरला कुमारी यादवले मेलम्चीको पानी काठमाडौ ल्याउने सरकारी पक्षको पटकपटकको वाचा वाचामै सीमित हुन पुगेको भन्दै पानी ल्याएर बाचा पूरा गर्न सरकारलाई आग्रह गरेकी छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले २०७२ सालदेखि मेलम्चीको पानी काठमाडौमा खस्ने भन्दै आएपनि २०७६ सम्म पनि पानी नआउदा उपत्यकावासी आसैआसमा बाँच्न बाध्य भएको बताएकी हुन् ।

उनले मेलम्चीको काम ९७ प्रतिशत सम्पन्न भएपनि इटालियन ठेकेदार कम्पनीले पाउने रकम विवाद देखाएर काममा बाँकी काम पूरा गर्न सरकारले ढिलाइ गरेको आरोप लगाइन् ।

 ‘ठेकेदार कम्पनीले काम छोडेर गएपछि आयोजना अलपत्र अवस्था छ । तसर्थ छिटोभन्दा छिटो अलपत्र परेको काम सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु’ सांसद यादवको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप