जिपको ठक्करबाट वडाअध्यक्ष थापा घाइते
बुटवल– बुधवार दिउँसो गुल्मीमा जिपको ठक्करबाट एकजना वडाअध्यक्ष घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष उदयबहादुर थापा बा १८ च १०४४ नम्बरको जिपले ठक्कर दिएर घाइते भएका हुन् ।
वडाध्यक्ष थापा बुधवार दिउँसो लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुगांमा जिपले ठक्कर दिएर घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।
जिपको ठक्करबाट घाइते भएका थापालाई गुल्मी अस्पतालमा उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै तम्घासमै टेम्पोबाट खसेर एकजना महिला घाइते भएकी छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ९ बाट तम्घास बसपार्क तर्फ आउँदै गरेको लु १ ह २४५१ नम्बरको टेम्पोबाट खसेर ५८ वर्षीय सेती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते सुनारलाई तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको पडिएसपी घलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै