बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एलजीको ‘खुशीको डबल अपग्रेड’ अफर

बुधबार, २५ भदौ २०७६, १२ : २७
बुधबार, २५ भदौ २०७६

काठमाडौं– एलजीले यस वर्षको चाडपर्व लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ ।

‘खुशीको डबल अपग्रेड’ नाम दिईएको यो योजनामा एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउण्ड सिस्टमको खरिदमा आकर्षक मुल्य साथै पक्का उपहारहरु रहेको छ । 

यो योजना अन्तर्गत भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्र मार्फत एलजीका अनेकौ इनोभेटिभ प्रोडक्टले अपग्रेड हुने सुर्वण अवसर प्राप्त गर्नुहुनेछ । यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २४ देखि सिमित अवधिको लागि मात्र लागुहुनेछ । 

यो योजना नेपाल अधिराज्यभरमा रहेको एलजीका आउट्लेटहरुमा उपलव्ध छ । यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि एलजीले यो योजना बजारमा ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप