शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेत्रज्योति संघ प्रदेश पाँचको सभापतिमा सागर प्रताव राणा निर्वाचित

बुधबार, २५ भदौ २०७६, ११ : ३०
बुधबार, २५ भदौ २०७६

बुटवल । नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम  अधिवेशनले साभापति पदमा सागर प्रताव राणालाई चयन गरेको छ । 

  हिजोदेखि  गुल्मीमा आयोजना गरिएको प्रथम अधिवेशनले रुपन्देही शाखाका राणालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको हो । 

अधिवेशन ब्यवस्थापन समितिका सदस्य एवं उपप्राध्यापक  पदम पाण्डेका अनुसार उपसभापतिमा बाँके शाखाका  रमेशबहादुर शाह निर्वाचित भएका छन्  । सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी,  कोषाध्यक्षमा दाङ्घ शाखाका लिला शाह निर्वाचित भएकी छन् ।

  सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य, गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमार श्रेष्ठ  र कपिलवस्तुबाट राजेशकुमार उपाध्याय  चयन भएका छन् । 

   अधिवेशनमा   रेसङ्घाु नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, संघका केन्द्रिय सचिव भरतबहादुर चन्दसमेतको सहभागिता रहेको थियो । 

मंगलबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालले उद्घाटन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, संघका उपाध्यक्ष तोयराज पन्त, महासचिव श्यामकुमार पोखरेल लगायतको बिशेष आतिथ्यता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप