शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको गृहनगरमा काँग्रेस निकटका व्यवसायी विजयी

बुधबार, २५ भदौ २०७६, ११ : ०२
बुधबार, २५ भदौ २०७६

झापा–  उद्योग वाणिज्य संघ दमकको नेतृत्वमा काँग्रेस निकट व्यवसायीले जित हाँसिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक अर्थमन्त्री युवराज खतिवडाको गृहनगर समेत हो । 
कम्युनिष्ट सरकारका दुई शक्तिशाली व्यक्तित्वको गृहजिल्लामै नेकपा निकट व्यवसायी पराजित भएपछि दमकमा चर्चा परिचर्चा सुरु भएको छ। 

मतपरिणामअनुसार उद्योग बाणिज्य संघ दमकको अध्यक्षमा लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ विजयी भएका  छन् । 
उनी प्रगतिशील समूहका विमल खतिवडालाई ४९५ मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेविजयी भएका हुन् । मत परिणाम अनुसार श्रेष्ठले १४११ मत र खतिवडाले ९१६ मत मात्रै प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा प्रगतिशीलका देवीप्रसाद गुरागाईं विजयी भएपनि प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्का, द्वितीय उपाध्यक्षमा राजकुमार योङया,  तृतीय उपाध्यक्षमा  रमा लिम्बु विजयी भए । 

यसैगरी खुल्ला सदस्यमा लोकतान्त्रिकबाट तीन जना र प्रगतिशिलबाट तीन जना विजयी भए । लोकतान्त्रिकबाट चन्द्र खत्री, तुलसीराम तिम्सिनार नविन कुमार अग्रवाल बिजयी भएका हुन् भने प्रगतिशीलबाट भरत कुमार चम्लागाईं, राजकुमार थापा र असिम राई विजयी बने। 

वस्तुगत तर्फ लोकतान्त्रिक समुहबाट  मोहन ढकाल  र रुबल अधिकारी विजयी भए भने प्रगतिशीलका गायत्री पौडेल , राजेश अधिकारी र दिनेश सुवेदी विजयी बने । 

लेखा समिति संयोजकमा प्रगतिशीलका खोम बगाले विजयी महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला  र प्रगतिशिलकी बिन्दु सिटौला विजयी भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप