शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संजय दत्तले श्रीमतीको तारिफ गर्दै भने, ‘जेलमा हुँदा मान्यताले जे गरिन् त्यसमा गर्व छ’

बुधबार, २५ भदौ २०७६, १० : २९
बुधबार, २५ भदौ २०७६

संजय दत्त लामो समयपछि आफ्नो प्रोडक्सन हाउस भर्जिन ट्रीको फिल्म ‘प्रस्थानम’ बाट ठूलो पर्दामा फिर्ता भइरहेका छन् । उनकी श्रीमती मान्यता दत्त फिल्मकी निर्मात्री हुन् । संजयले आफ्नी श्रीमतीको तारिफ गर्दै उनी जेलमा भएका बेला मान्यताको ध्यान काम, परिवार, बच्चा र आफूमा केन्द्रित हुने गरेको बताए ।

मलाई मान्यतामाथि गर्व छः संजय

हालै संजय र मान्यताले एक अन्तरवार्तामा नीजि जीवनबारे कुराकानी गरेका छन् । उनले भने, ‘मलाई मेरी श्रीमतीमाथि निकै गर्व छ । म जेलमा भएका बेला मान्यताले मेरो परिवार र व्यवसायलाई निकै राम्रोसँग अघि बढाइन् । उनको ध्यान सधैं घर, परिवार, बच्चा र काममा रहन्थ्यो । मेरो बुवाको मृत्यु भएपछि उनले मलाई सम्हालिन् । उनी सधैं मेरो साथमा रहिन् र हरेक कदममा मलाई साथ दिइन् ।’

यस्तै, मान्यताले भनिन्, ‘धेरैले ठान्छन् कि मेरा कारण संजयको जीवन रोकियो । तर उहाँहरुलाई के भन्न चाहन्छु भने हामीले एक–अर्काको जीवनमा आउने आँधीलाई सँगै रोक्यौं । जब संजय जेलमा थिए त्यतिबेला पनि उनी बच्चाको विषयमा चिन्तित हुन्थे ।’

मान्यता भन्छिन्, ‘सुनिल दत्त सधैं संजयको विषयमा चिन्तित हुनुहुन्थ्यो । यो अफसोसको कुरा हो कि अदालतले संजयमाथि लगाएको टाडा कानून हटाएका बेला उनी जिउँदो हुनुहुन्थेन ।’

यी दुईले आफ्ना ९ वर्षका जुम्ल्याहा सन्तान – शहरान र इकराबारे पनि कुराकानी गरे । मान्यताले उनकी छोरी इकरा निकै राम्रो आर्टिस्ट भएको बताइन् । उनले बनाएको पेन्टिङ हरेक वर्ष स्कूल म्यागजिनका लागि छनोट हुने उनले जानकारी दिइन् । मान्यताले छोरीले बनाएको पेन्टिङलाई प्रदर्शनीमा राख्ने योजना बनाएको पनि बताइन् । यस्तै शरहानको रुची खेलकुदमा बढी भएको उनले बताइन् । उनले भनिन्, ‘छोरा फुटबल, क्रिकेट र तेक्वान्दोजस्ता खेल खेल्छन् ।’

संजयले आफ्नो नयाँ प्रोजेक्टबारे पनि बताए । उनले आफू ‘किटी’ नामको एक प्रोजेक्टमा काम गरिरहेको बताए । तर त्यसमा उनी एक निर्माताको रुपमा जोडिएको पनि जानकारी दिए । यसबाहेक उनी होम प्रोडक्सन फिल्म ‘भर्जिन बाबा’ र ‘पंडित गलीका अली’ मा नायकको रुपमा देखिनेछन् । उनी ‘पनिपत, भुजः द प्राइड अफ इन्डिया, शमशेरा, पृथ्वीराज, केजीएफ २ र सडक २’ मा पनि देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप