बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दसैंमा घरजाने यात्रुका लागि सडक मर्मत

बुधबार, २५ भदौ २०७६, ०७ : ०२
बुधबार, २५ भदौ २०७६

सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने भएको छ । 

असोज पहिलो हप्ताभित्र काठमाडौँबाट बाहिरीने भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै सडक विभागले दसैंमा घर जाने यात्राका लागि सडक सुधार गर्न लागिएको जनाएको छ । साथै काठमाडौँ उपत्यकाको सडक दशैं अगाडि मर्मतसमेत गरिने पनि विभागले जनाएको छ ।

निर्माणाधीन सडकबाहेकका उपत्यकाको सडकमा धेरै सुधार गरिएको विभागको भनाइ छ । यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप