सैलुङ कन्स्ट्रक्सनलाई मेलम्चीको ठेक्का
बुधबार, २५ भदौ २०७६, ०६ : २०
ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ ।
सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् ।
सैलुङले भारतीय सिआइपिइएलसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको हो । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ
-
सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो