केन्द्रीय संस्करण

खेलकुद

राष्ट्रिय खेलकुद परिषदमा ३ सदस्य नियुक्त access_timeकात्तिक २७, २०७५

काठमाडौँ– सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरे...

ओलम्पिक महिला फुटबल छनोटः नेपाल र बङ्गलादेश खेल्दै access_timeकात्तिक २७, २०७५

काठमाडौँ– ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।  याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।  ...

कोन्टे तत्काल नआउने, सोलारी नै रियलको प्रशिक्षक रहने access_timeकात्तिक २७, २०७५

एजेन्सी । रियल म्याड्रिडले स्यान्टियागो सोलारीलाई नै पूर्णकालिन प्रशिक्षक नियुक्त गर्ने भएको छ । स्पेनिस फुटबल एशोसिएसनले ला लिगाबाट सोलारीको करार प्राप्त गरिसकेको जनाएको छ । तर, रियलले यसबारे औपचारिक जानकारी दिएको छैन । स्पेनका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुई बर्...

मध्यपुरमा राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिताको आयोजना access_timeकात्तिक २६, २०७५

भक्तपुर । मध्यपुरथिमि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकामा पहिलोपटक राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिता आयोजना हुने भएको छ ।  मध्यपुरथिमि नगरपालिका–४ कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी द...

हिग्वाइन भिलेन बनेपछि युभेन्टसद्वारा मिलान पराजित access_timeकात्तिक २६, २०७५

एजेन्सी । आफ्नो पूर्व टोली युभेन्टसबिरुद्ध गोन्जालो हिग्वाइनले पेनाल्टी मिस गर्नुका साथै रातो कार्ड खाएपछि एसी मिलान युभेन्टससँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ । आइतबार भएको खेलमा मारियो मान्डुच्किचले खेलको आठौँ मिनेटमा नै युभेन्टसलाई अग्रता दिलाएका थिए । त्यस...

प्रिमियर लिग राउण्ड अप : म्यान्चेस्टर डर्बीमा सिटी विजयी, आर्सनल र चेल्सी रोकियो access_timeकात्तिक २६, २०७५

एजेन्सी । चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ । आइतबार भएको खेलमा सिटी ३–१ गोल अन्तरले विजयी बन्यो । सिटीलाई जीत दिलाउन डेभिड सिल्भा, सर्जियो अगुएरो र इल्के गुन्डोगानले एक–एक गोल ग...

बार्सासँग दुरी घटाउँदै रियल access_timeकात्तिक २६, २०७५

एजेन्सी । बार्सिलोनाको पराजयको फाइदा उठाउँदै रियल म्याड्रिडले शीर्ष स्थानबाटको दुरी ४ अंकमा घटाउन सफल भएको छ । आइतबार राती भएको खेलमा सेल्टा भिगोविरुद्ध ४–२ को जीत हासिल गरेको हो । लुका मोड्रिचको उत्कृष्ट पासमा गोल गर्दै करिम बेन्जेमाले रियललाई पहिलो हा...

मेस्सी फर्किए तर सात गोलको थ्रिलरमा बार्सा पराजित access_timeकात्तिक २५, २०७५

एजेन्सी । सात गोलको रोमाञ्चक खेलमा बार्सिलोना आफ्नै घरेलु मैदानमा रियल बेटिससँग स्तब्ध बनेको छ । २० वर्षपछि क्याम्प नाउमा जीत निकाल्ने क्रममा बेटिस ४–३ गोलअन्तरले विजयी भएको हो । जुनियर फिर्पो र वाकिनको गोलको मद्दतले बेटिसले खेलको पहिलो हाफमा अप्रत्यासित अ...

बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट सुरु access_timeकात्तिक २५, २०७५

ढाका–  बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् ।  यसअघि गत साता सिल्हेटमा भएको पहिलो टेस्टमा ज...

इरानका महिलालाई एसियन च्याम्पियन्स लिग हेर्ने अनुमति access_timeकात्तिक २५, २०७५

एजेन्सी । इरानका सयौँ महिलालाई तेहरानमा भएको एसिया च्याम्पियन्स लिगको फाइनल खेल हेर्न अनुमति दिइएको छ । योसँगै शीर्ष खेलहरुमा महिलामाथि लाग्दै आएको ३५ वर्षदेखिको प्रतिबन्ध अन्त्य भएको छ । स्थानीय पर्सपोलिस र जापानको कासिमा एन्टलर्सबीचको खेल हर्ने पुगेका अधिकांश म...

महिला फुटबल एसिया छनोटः बलियो प्रतिद्वन्दी म्यानमारसँग भिड्दै नेपाल access_timeकात्तिक २५, २०७५

काठमाडौं– म्यानमारमा जारी ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा आज नेपाल म्यानमारसँग भिड्दै छ ।  पहिलो खेलमा नै भारतलाई बराबरीमा रोक्दै अंक बाढेको नेपालले बलियो प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  खेल स्थानीय...

घाइते गोडिनको इन्जुरी समयमा गोलसँगै एथ्लेटिको दोस्रो स्थानमा access_timeकात्तिक २५, २०७५

एजेन्सी । डिएगो गोडिनले इन्जुरी समयमा गोल गरेपछि दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै एथ्लेटिको म्याड्रिड एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । एथ्लेटिकोका कप्तान गोडिन घाइते थिए र ९१ औँ मिनेटको हेडरपछि असजिलो गरी गोलको खुसियाल...

पाँच गोलको थ्रिलरमा डर्टमण्डद्वारा बायर्न पराजित access_timeकात्तिक २५, २०७५

एजेन्सी । दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया डर्टमण्डले पाँच गोलको थ्रिलरमा साबिक विजेता बायर्न म्युनिखलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा पकड मजबुत बनाएको छ । रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा पूर्व क्लबबिरुद्ध गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ...

महिला विश्वकपको अहिले नै लाखौँ टिकट बिक्री access_timeकात्तिक २३, २०७५

पेरिस- अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ ।  अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी ...

ओलम्पिक छनोट : नेपाल र भारतबीचको खेल बराबरी access_timeकात्तिक २२, २०७५

काठमाडौँ-ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ ।  म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै ...

बङ्गलादेश जाने खेलाडीको बिदाई access_timeकात्तिक २१, २०७५

काठमाडौँ– सत्रौँ एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन बङ्गलादेश जाने तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोलीलाई आज बिदाई गरिएको छ ।  टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको...

डर्टमण्डसँग एथ्लेटिकोको बदला, लिभरपुल स्तब्ध access_timeकात्तिक २१, २०७५

एजेन्सी । गत महिना बेहोरेको हारको बदला लिँदै एथ्लेटिको म्याड्रिडले बोरुसिया डर्टमण्डलाई २–० गोलअन्तरले पराजित गरेको छ । जीतसँगै समूह एकमा एथ्लेटिकोले डर्टमण्डसँग अंक बराबरी गरेको छ । तर, गोलअन्तरको आधारमा पछि रहेको छ । खेलको ३३ औँ मिनेटमा साउलले एथ्लेट...

बराबरीका बावजुद बार्सिलोना नकआउटमा access_timeकात्तिक २१, २०७५

एजेन्सी । स्पेनिस च्याम्पियन बार्सिलोनाले समूह चरणको दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ । सान सिरोमा भएको इन्टर मिलानबिरुद्धको खेल नाटकीय बराबरीमा सकिएपछि बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो । घाइ...

खेलकूद महोत्सव सम्पन्न, फुटबलको उपाधि त्रिशूल युथ क्लबलाई access_timeकात्तिक २०, २०७५

काठमाडौँ । गोदावरी नगरपालिका–१३ वडाब्यापी खेलकूद महोत्सवअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि त्रिशूल युथ क्लबले हात पारेको छ ।  महोत्सवको अन्तिम दिन आज भएको फुटबल प्रतियोगितामा त्रिशूल युथ क्लबले आरुबोट ब्वाइज क्लबलाई ३–२ गोल अन्तगरले पराजित गर्दै उप...

पोखरा पल्टनले हात पार्यो पिपिएल क्रिकेटको उपाधी access_timeकात्तिक २०, २०७५

कास्की । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले हात पारेको छ ।  आज यहाँ भएको फाइनल खेलमा पोखराले चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधिमा कब्जा जमाएको छ । सर्वाधिक पुरस्कार राशि भएको प्रत...