केन्द्रीय संस्करण

विचार/दृष्टिकोण

सरकारको सांस्कृतिक शून्यचेत access_timeमाघ ३, २०७५

२०६२÷०६३ पछि नेपाल गणतान्त्रिक युगमा प्रवेश गरे पनि हालसम्म पनि देशमा सामन्तवादी संस्कृतिको रजगज राजनीति तथा कला साहित्यका आदि केन्द्र  भागमा नै पाइन्छ ।  कार्लमाक्र्सका अनुसार हरेक युगमा शासक वर्गका विचार प्रभावी हुन्छन्, बुद्धि र बौद्धिक शक्ति पनि उस...

राज्यसत्ता र कार्यदिशाको सवाल access_timeमाघ १, २०७५

सत्तारुढ दल नेकपाको स्थायी समिति वैठक भर्खरै सम्पन्न भएकोछ । अध्यक्षद्वयद्वारा पेश गरिएको दस्तावेजमा सैद्धान्तिक राजनीति भन्दा पनि औसत प्राविधिक राजनीतिक विषयहरूले प्राथमिकता पाएको देखिन्छ । यसकारण बैठकमा सैद्धान्तिक वैचारिक विषयहरूमा घनीभूत बहस भएन । मूलतः बैठक साङ्गठान...

भारतीय मिडियामा खोज पत्रकारिताको दुखान्त access_timeपुस २८, २०७५

‘बाइलाइन’ शब्द सबैभन्दा पहिले सय वर्ष पहिले प्रकाशित अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द सन अल्सो राइजेज्’मा देखिएको थियो ।  समयसँगै पत्रकारहरू माझ रहेका आदर्शवादीहरूको लागि बाइलाइन, पत्रकारिताको शक्तिको प्रतिनिधित्व गर्ने प्रतीक बन्न गयो । यस...

जनहितविरुद्ध सलबलाउने मानव देहधारी बहुला कुकुरहरु access_timeपुस २८, २०७५

वर्षौंअगाडिको कुरा हो । नदीकिनारको हाम्रो गाउँमा पल्ला गाउँतिरबाट दगुर्दै आएको एउटा बहुलाहा कुकुर गौंडा उक्लन खोज्दा नदीको एउटा दहमा खसेछ । बहुलाहा कुकुर यसै त पानीबाट डराउने, त्यसमा पनि पानीमै खसेपछि धेरै सलबलाएछ । त्यहीँ नजिकै माछा मारिरहेका एक जना माझी दाइल...

एकता विरोधी नै नेपाल विरुद्ध  ? access_timeपुस २७, २०७५

नेपाल सर्वप्राचीन गौरवशाली इतिहास, धर्म र संस्कृतिका दृष्टिले विश्व प्रसिद्ध देश हो । यस देशको राष्ट्रिय एकता, अखण्डता तथा स्वाधीनता कायम गर्न पुर्खाहरूले अनेक त्याग र बलिदान गरेका छन् । पुर्खाहरूका नेपाल एकीकरणका प्रयासलाई सफल बनाइछाड्ने अभिप्रायका साथ  पृथ्वी नार...

राष्ट्रनिर्माता कसरी राष्ट्रघाती हुन्छ ? access_timeपुस २७, २०७५

आज घुसखोरी दुष्चरित्रले मुलुक विछिप्त छ । देशमा एकताका कुरालाई साँघुर्याएर राष्ट्रियता खुम्चिन थालेको स्पष्टै छ । जेजसरी आजका दिनमा इतिहासको सम्मानार्थ आवाज आउँछन् तिनमा वास्तविकता, भावना र सत्यतामा पारदर्शिता होस् । राष्ट्रनिर्माताका बारेमा केही विचारकहरूले गलगिज्ज इतिहा...

पृथ्वीनारायणको मैथिली भाषा ज्ञान access_timeपुस २७, २०७५

गोरखनाथका भक्त पृथ्वीनारायण शाहले डबल र मोहरमा श्रीश्रीश्री गोरखनाथ भत्रे उत्कीर्ण गराएको पाइन्छ । तत्कालीन नेपालमा जोसमनी सन्तहरूले प्रयोग गर्ने गरेको मिश्रित भाषायुक्त सधुक्कडी हिन्दीको सन्त साहित्यको गोरखनाथको भजन (प्रज्ञा, अङ्क ९९, शिवगोरखनाथ उत्पत्ति, डा. राजाराम सुवेदी)...

विद्युतीय बस सञ्चालन : विकास र समृद्धिको आधार access_timeपुस २६, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ६ गते एसियाली विकास बैङ्क (एडीबी) को अनुदानमा आएको विद्युतीय बसको उद्घाटन गरे । केही समयमै तामाकोशीबाट उत्पादन हुने र प्राइभेट कम्पनीहरूले उत्पादन गर्ने गरी करिब एक हजार मेगावाट विद्युत उत्पादन हुँदैगर्दा देशभित्र कसरी उपभोग बढाउन...

अतीतमुखी चस्माको नजारा access_timeपुस २३, २०७५

मान्छेको वर्तमान जब सङ्कटग्रस्त हुन्छ ऊ अतीतमुखी बनिदिन्छ । यो आम मान्छेको चरित्र हो । मान्छे अतीतमुखी बन्छ र सोच्न थाल्छ–ओहो ! मेरो विगत । मेरो इतिहास । मेरो अनुभव । मेरो दक्षता अनि क्षमता । फेरि अतीतमुखी बन्न सजिलो पनि हुन्छ । किनकि विगत भोगर आइएको हुन्छ र विगतब...

‘नसीरुद्दीन शाह जस्ता अरु मानिसको खाँचो छ’ access_timeपुस २२, २०७५

भीडद्वारा हुने हत्या/हिंसाको घटनामा बृद्धि तथा पुलिसकर्मीभन्दा गाईको मृत्युको खबरलाई बढी प्राथमिकता दिन थालिएको बारे अभिनेता नसीरुद्दीन शाहको बयानमा दक्षिणपन्थीहरुले आफ्नो निधार खुम्चाए भने यसमा आश्चर्यचकित हुने कुनै कुरा छैन । वर्तमान समयमा भारतमा जे भइरहेको छ, त्...

संस्कृति र परिवर्तनः मरिसक्यो दरबार र तरबारको युग access_timeपुस २१, २०७५

“संस्कार संस्कृतिबाट जुन स्वभाव बन्छ, खास मौकामा अरु सबै गुणलाई उछिनेर त्यही स्वभाव अगाडि आउँछ ।” –परम्परागत नीतिशास्त्र “प्रकृति वलवती छन् प्रेरणा यो फजूलै ।”  –विद्व्च्छिरोमणि कुलचन्द्र गौतम   १)अहिले वाइडब...

तिब्बतलाई नियन्त्रण गर्नु भनेको एसियाको ताजा पानीको स्रोतमाथि कब्जा गर्नु हो access_timeपुस २०, २०७५

तिब्बत प्राकृतिक स्रोतमा धनी छ । तर यहाँ म तिब्बतको पानीसँग जोडिएको महत्त्व मात्र भन्दैछु । तिब्बतको पानीसँग भारतको नर्थ–इस्ट, नेपाल, पाकिस्तातसमेत जोडिन्छ । तिब्बतले महत्त्व यसको पानीको स्रोतको कारण निक्कै धेरै छ । संसारको छानो मानिने तिब्बतलाई ‘एसियाको प...

व्यावहारिक मुआब्जा नीतिको माग access_timeपुस २०, २०७५

सरकारी अधिकारीहरू जग्गा अधिग्रहण समस्याले विकासलाई अवरोध पुर्यायो भन्छन् । तर के सरकारको जग्गा अधिग्रहण नीति व्यावहारिक र वैज्ञानिक छ त ? सरकार भरसक सित्तैँमा र भएन भने पनि अति कम मूल्य तिरेर स्थानीय व्यक्तिको निजी सम्पत्ति जग्गा अधिग्रहण गर्ने नियतबाट प्रेरित देखिन्छ । यस्त...

प्रचण्ड कमरेड, पार्टी विखण्डनको सँघारमा हो ? access_timeपुस २०, २०७५

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड  एकीकरणका एक सशक्त सुविचारित अभियन्ता तथा सम्भावित भावी अध्यक्षका नाताले पनि अहिले केन्द्र भागमा छन् । त्यसैले उनमाथि निक्कै भारी  जिम्मेवारी र दायित्व आइपरेको देखिन्छ ।  तर सशस्त्र युद्ध समयको बेला जस्तो अति केन्द्...

नेपालको मार्क्सवाद सङ्कटमा छ access_timeपुस १७, २०७५

सामिर अमिन  इजिप्टियन फ्रेन्च मार्क्सवादी र अर्थशास्त्री हुन् । कायरोमा १९३१ मा जन्मेका अमीनको अगस्त  १२, २०१८ मा निधन भयो । माओपछि दलाल पूँजीवादको व्याख्या गर्नेमा समिर अमिन पहिलो स्थानमा छन् । अमिन भन्छन् ‘बुर्जुवा वर्गले पूजीँ उत्पादनको प्रक्रियामा न्युनतम ...

यस्तो थियो बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीति access_timeपुस १६, २०७५

लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदैछौँ । यस अवसरमा एक दुई शब्द देशवासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्छु । हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ । यता केही वर्षदेखि यो सङ्कट चर्किंदै गएको  कुरा सबैले  महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त ...

राष्ट्रिय मेलमिलाप र राजनीतिको किनारमा पुगेको काँग्रेस access_timeपुस १६, २०७५

राष्ट्रिय मेलमिलापको आह्वानसहित नेपाल प्रत्यागमनको औचित्य अर्थात प्रजातन्त्र बहाली नहुँदै बीपी कोइरालाको निधन भयो । हुन त कुनै पनि राजनीतिज्ञको जीवनमा सबै कुरा उसैले चाहेमुताविक सम्भव पनि छैन । तर आफुखुसी इतिहास नबन्ने भएकाले इतिहास निर्माण गर्न पनि एउटा कुशल राजन...

स्वतन्त्र र सार्वभौम नेपालको आधार, राष्ट्रिय एकता र मेलमिलाप ! access_timeपुस १६, २०७५

 कुनै पनि देश स्वतन्त्र, अखण्ड र सार्वभौम सम्पन्न बन्न त्यस देशका जनता भावात्मक एकतामा कार्यात्मक हुनु जरुरी हुन्छ । मन, वचन र कर्मकै त्रिभुजमा उद्देश्य र लक्ष्यले आकार ग्रहण गर्छन् । यसरी जनताको एकता निर्माणको मूल आधार स्वप्नदर्शी निस्पृह राजनेताहरूको चिन्तन, सोच र समय सान्द...

इतिहास किन पढ्ने ? कसरी बुझ्ने ? access_timeपुस १६, २०७५

नेपालमा इतिहास भनेर जे विषयलाई लामो समयसम्म पढाइयो वा जोड दिइयो, इतिहासको दायरा त्यति मात्र हुँदो रहेनछ । इतिहास कसले लेख्यो र किन लेखियो भनेर प्रश्न उठाउनुपर्ने पनि रहेछ । पहिलो साहित्यिक कृतिमा लेखक सबैभन्दा बढी व्यक्त हुन्छ भनेजस्तै, इतिहासमा पनि लेखक वा इतिहासक...

ल्होसार घरमा मान्ने कि टुँडिखेलमा ? access_timeपुस १५, २०७५

पे म्ह्स्या, छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु, अर्थात्, शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, अनि परम्परा हराए मान्छे नै हराउँछ । गुरुङ (तमु) समुदायमा माथिको भनाइ निकै लोकप्रिय छ । पछिल्लो समय ल्होसारको पहिचान हराउँदै गएको छ ...