मुक्तिबन्धु
काठमाठौ महानगरपालिका । यहाँ नगरपालिका त यसैउसै महान् छ नै । यसै नगरमा महान् सिंहदरबार र महान् बालुवाटार दरवारहरु पनि छन् । महान् शीतलनिवास दरबार पनि छ । मुलुकका महान् महान् शासक प्रशासक मन्त्री हाकिम सवै यहाँ सरकारी प्रासादहरुमा ससम्मान राज गर्छन् । यो द...
हाम्रो मुलुक नेपालमा आज देश र जनताको हितभलो गर्नैपर्छ भन्ने सोचसमझमा प्रतिबद्ध सरकार छैन । सरकारका आफ्नै काम धन्धाहरु छन् । कमाउ खाउ खुवाउका लठाबज्र कामधन्धाहरु छन् । सरकारका प्रत्यक्ष अप्रत्यक्ष पाल्तूहरु धेरै छन् । अरिंगालहरु पनि छन् । सवै परनिर्भर र आश्रितहरु छन्...
म यहाँ शब्दको निहितार्थको कुरा गर्दै छैन । कुनै पनि शब्दको निहितार्थ त शब्दकोशमा भेट्न सकिन्छ, नियतार्थ शब्दकोशमा भेटिँदैन । त्यसलाई वक्ताको नियतमा खोज्नु पर्छ । नियत उसका व्यवहारमा भेटिने कुरा हो । यही श्रावण ३० गते बिहान कोभिड–१९ को अद्यावधिक जानकारी पस्क...
अगाडि स्वादिष्ट खानाका परिकार देखेपछि काम कर्तव्यका यावत् कुरा बिर्सने जनावरको नाम के हो ? आफुले जे जति काम बिराए पनि लाज नमान्ने, पश्चात्ताप नगर्नेे र आफु नाङ्गो हुँदा पनि नाङ्गो छु भन्ने चेत नराख्ने जनावरको नाम के हो ? एक जना हजुरबाले आफ्ना नातिलाई यस्तो प्रश्न गरेको ...
अहिले म वर्षौंअघि हजूरबाले सुनाउनुभएको एउटा कथा सम्झिरहेको छु । कथा यस्तो छ— “त्यस दिन माहिला पुरेत काशीनाथ र उनका भतिजा धर्मदास मात्र घरमा थिए । घरमा खाना तैयार गरेर खाने बानी नै थिएन । भोटो कछाडमा सजिएर दुवै जना जजमानकोमा...
गाउँबस्तीमा भुस्याहा कुकुरहरु पहिले पनि थिएनन् । जति थिए घरपाला नै थिए । सबै घरपाला पनि पूर्ण घरपाला थिएनन् । आंशिक थिए । घरमा परिवार कति छन् तीमध्ये प्रौढजतिले आफु खाना खाएर चुठ्न निस्कँदा एक गाँस ढिँडो दिन्थे । कुकुरले बाहिरतिर जे भेटिन्छ खाएर पेट भर्थ्यो । अरु के...
मतदान प्रदान गरेर आफ्नो आशाविश्वास सुम्पिँदै सत्ताको निर्णायक तहमा पठाइएका आफ्ना जनप्रतिनिधिसँग आफ्नो मनको बह पोख्न पाउनु पनि हामी आम जनताको अधिकार हो । (माग्न त हामी जनताले ‘नयाँ’ सम्विधानमा प्रत्याह्वानको अधिकार पनि राखिनु पर्छ भन्ने माग राखेका थियौं । छल...
चन्द्र शेखर अधिकारी वर्षौंसम्म काशी बसेर पढे । व्याकरण, न्याय, बेदान्त, धर्मशास्त्र आदिको पढाइ सकियो । गुरुहरुबीच उनको प्रतिभा र परिश्रमको प्रायः चर्चा नै हुन्थ्यो । शिष्ट, शालीन र विनम्र थिए । पढाइका आधारमा गुरुहरुबाट उनले ‘पण्डित’ पदवी पनि पाए । काशीमा अ...
सत्तालिप्साका कारण बुद्धि बिग्रेर कुनै एक समय देवराज इन्द्रले एक विद्वान् व्रह्मनिष्ठ व्यक्तित्वको हत्या गरे । उनको यो दुष्कर्मको संसारले निन्दा गर्यो । इन्द्र स्वयम् पनि लज्जित भए । गम्भीर आत्मसमीक्षा गरे । त्यस युगमा इज्जतदारका लागि जनस्तरबाट गरिने निन्दा र भत्सर्ना पनि मृत्युदण्...
देश विदेश जताततै पोखिएको छ जनताको रगत ! श्रमजीवी जनताको रगत ! त्यसै रगतको सम्मानमा र त्यसै रगतको सम्मानका लागि— आफ्नो रगत थपेर, हिजो कम्युनिष्टहरुले मुलुकमा रातो झण्डा उठाए । त्यसै रगतको अपमानमा आजका सत्तासीनहरु आफ्नो ...
भनिन्छ, “मान्छेका घोक्रो फोरेर तातो रगत तन्तनी पिउने नर पिशाचहरु पनि हाँस्नुपर्दा मुख छोपेर हाँस्छन् । रगत कट्टिएका दाँतहरु मान्छेले देख्लान् कि भन्नेसंकोच तिनीहरुमा पनि हुन्छ । नकच्चराहरु अर्थात् अझ मापाका नरपिशाचहरु भने वीभत्स काम ग...
विगत ०७६चैत्र १६।१७ तिरको कुरा हो एक जना अग्रज शिक्षक मित्रले एका बिहानै फोन गर्दै भन्नुभयो, “यो समय कसैले कसैको आलोचना गर्ने समय होइन । सरकारका काममाथि प्रश्न उठाउने समय त हुँदै होइन । अहिले रामायणकार भानुभक्त आचार्यलाई नै भेट्टाएर सरकाले स्वास्थ्यमन्त्री बनाउन ...
—मुक्तिबन्धु महर्षि आश्वलायन आफ्नो समयमा चौतर्फी रुपमा कहलिएका गुरु थिए । उनले पढाएको हरेक विद्यार्थी राष्ट्रको प्रतिभाशाली र यशश्वी व्यक्तित्वमा गनिएको थियो । कोही प्रतिभाशाली प्रधानमन्त्री थियो, कोही सफल सेनापति थियो, कोही सहकारमुखी कृषिविज्ञ थि...
अहिले विश्वमा कोरोनाको महामारी छ । समाचारमा संन्जालमा जताततै यसकै कुरा छन् । नेपालमै पनि शङ्ंका र सन्त्रास फैलिएको छ । जनता चिन्तामा छन् । समस्याप्रति चिन्तित हुनु नै पनि एक किसिमले नेतृत्व लिनु नै हो । यसै त सङ्ंकटका समय मित्रदेश, देश, समाज, परिवार र व्यक्ति सवैका...
पहिले पहिले पनि शहरमा गाउँ भेटिन्थे । शहरका छेउछेउ ठाउँठाउँमा बनेका पाटीहरुमा भेटिन्थे । जस्तै सोह्रखुट्टेपाटी, भैंसेपाटी, गाइबाच्छापाटी, लामपाटी आदि । अहिले पाटीहरु प्रजातन्त्र र लोकतन्त्रले खाएर सकिए । हिजोआज शहरका कुनाकाप्चाका सस्ता चियापसलहरुमा गाउँ भेटिन्छन् । ...
दुई दिनअघि म आफ्नो गाउँमा पुगेको थिएँ । साँझको समय थियो । घर पुग्नुअघि एकजना साथीकोमा पुगेँ । म पुग्दा मित्रका आँगनमा टन्नै मानिस थिए । परम्परागत नाचसहितको भजन घन्किरहेको थियो । ‘ए हो हो पहिला आरती !’ भट्ट्याउने गुरु कराए, ‘हाम्रा वीर पुर्खाल...
सूचना अर्थात् जानकारी । नेपालीमा ‘थाहा’ । यथातथ्य ज्ञान । जनतामा उम्रने ‘यथातथ्य ज्ञान’ तानाशाहहरूको ‘विभीषिका’ हो । जनतामा आफ्ना काला करतुतहरूको थाहा चुहिएर जान्छ कि भन्ने शङ्का मात्रले पनि मनमस्तिष्कमा विभीषिकाको रूप लिन्छ ...
‘झुप्रामा आगो लाग्यो । भद्रा डेढ घडी बाँकी छ । भद्रा हुँदाका समयमा कुनै पनि शुभ कार्य गर्न हुँदैन । भद्रा सकिन्छ अनि पानी जुटाएर आगो निभाउन शुरु गरौला भनेर पर्खनु मूर्खताको पराकाष्टा हो ।’ यस अभिप्रायको यो उखान ‘आग लागी झुपडी, डेढ घडी भ...
हाम्रो समाजमा युगौंदेखि चलिआएका सनातन सस्कृतिमा शिष्टाचारका नियमहरु नभएका होइनन् । अजम्मरी नियमहरु पनि छन् । “एक्लो मर्द कबै नजानु अरुकी एक्ली छ भार्या जहाँँ !” वर्षौंअघि सुब्बा होमनाथकेदारनाथले तैयार गरेको महाभारतमा यो पद्यांश पनि समावेश छ । हाम्र...
परम्परागत सन्दर्भमा नेपाली जनमनले आत्मसात् गरेको ‘राष्ट्र’ शब्दको अभिप्राय आफ्नो मुलुक र मुलुकका तमाम निवासीहरु हुन् । कुनै खास जातीय, भाषिक, सांस्कृतिक समुदाय होइन । नेपालमा परम्परागत रुपमा चलिआएको ‘राष्ट्र’ शब्द अंग्रेजी भाषाका ‘नेशन&rsq...
हामी सीमाको कुरा गर्दैछौँ । समाजवाद साम्यवादमा आस्थावान् हामी जनता पनि सीमाको कुरा गर्दैछौँ । दिल्लीका बादशाहहरुलाई आरती उतार्नेतिर नलागेर हामी नेपाली जनता बारम्बार सीमाकै कुरा गर्दैछौँ । किन ? प्रश्न हाम्रो मनमा पनि नउठ्ने होइन । उठ्छ । सीमाको कुरा गर्नु र लाठी, गोल...
कुनै समय थियो — कर्तृपुरदेख कामरुपसम्म अर्थात् कस्मीरदेखि आसामसम्मको भूभाग नेपाल थियो । कस्मीरलाई खसमीर पनि भनिन्छ । खसआर्यहरुको त मूल थलो जस्तै थियो कस्मीर । हिमाल, पहाड र तराइको विशाल भूक्षेत्र ओगटेको शैव, शाक्त एवम् प्रकतिपूजकहरुको देश थियो नेपाल । वेद पुर...
नेपालका गाउँबस्तीका जनता आपसी संवादमा भन्छन्, ‘शत्रुले त पेल्छ । पेल्नु नै शत्रुताको पहिचान हो । हामीलाई त मित्रले पनि पेल्छ । सबैभन्दा विशेष सम्बन्धको मित्रले सबैभन्दा विशेष पेल्छ । पेलिआएको छ ।’ बुढापाकाहरू भन्छन् “सज्जनहरू सात कदम सँगै हिँडे भने पनि...
१) जनविरोधी शासक प्रशासकहरुलाई जनताले सरकारको यथातथ्य ‘थाहा’ पाएको मन पर्दैन । यसैले त्यस्ता शासक प्रशासकहरु विभिन्न उपायबाट ‘थाहा’माथि प्रतिबन्ध लागाइबस्छन् । यो यथार्थ बुझेका रुपचन्द्र बिष्टले राजतन्त्रात्मक पञ्चायतकालमा पनि ‘थाहा आन्दोलन&r...
१) छिमेकी मुलुक भारतको स्वाधीनता, नवनिर्माण र सुरक्षामा हामी नेपालीहरुको उल्लेखनीय योगदान रहिआएको छ । बदलामा भारतले नेपाल र नेपालीमाथि निरन्तर बलमिच्याइँ र लुटमारको व्यवहार गर्दैआएको यथार्थ कसैबाट छिपेको छैन । अब हामी नेपालीको सहनशीलताको पराकाष्टा नाघेको छ । लिप...