केन्द्रीय संस्करण

रामभरोसी यादव

मारुती सिमेन्टले कामदार निकालेपछि आत्महत्या access_timeमंसिर २४, २०७६

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ मा रहेको मारुती सिमेन्ट उद्योगले एक मजदुरलाई कामबाट निकालेपछि दुःखद घटना भएको छ ।  गोलबजार नगरपालिका ९ गोविन्दपुरकी अनितादेवी पासवानले उद्योगले निकालेपछि आत्महत्या गरेकी हुन् ।  उद्योगबाट निकालिएपछि मंग...

सिभिल बैङ्कको एटीएमबाट रकम लुट्ने प्रयास असफल access_timeमंसिर २३, २०७६

सिरहा । सिरहाको लहानस्थित सिभिल बैङ्कको एटीएम रहेको सटर फोरेर रकम लुट्ने प्रयास भएको छ । लहान नगरपालिका–४ मा कृष्ण गुप्ताको घरमा भुइँतलामा भाडामा सञ्चालित बैङ्कको एटिएमको सटरमा मान्छे पस्न सक्ने प्वाल बनाएर लुट्ने प्रयास भएको हो । आइतबार राति करिब १ बजेतिर ...

लक्ष्मीपुर पतारी गाउँपालिका भवनमा तोडफोड, प्रहरीद्वारा पाँच सेल अश्रुग्यास प्रहार access_timeमंसिर २३, २०७६

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा व्यापक अनियमिता भएको भन्दै विरोधमा उत्रेका भीडले गाउँपालिकाको भवनमा तोडफोड गरेको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ । गाउँपालिकाले बजेटमा गाउँपालिकाका अध्यक्ष र प्रशासकित...

महेशपुरपतारी थानाबाट भागेका ७ जनामध्ये ३ पक्राउ access_timeमंसिर १८, २०७६

सिरहा । सिरहा इलाका प्रहरी कार्यालय महेशपुरपतारी हिरासतबाट भागेका ७ जना थुनुवामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नरहा गाउँपालिका १ का १८ वर्षीय नविनकुमार यादवलाइ र गोलजबार नगरपालकिा ६ का २० वर्षीय गणेशकुमार साहलाई बडियारपट्टी नजिकैको भारतीय सीमाक्...

धनगढीमाई नगरापलिकाको गेटैमा प्रेसरकुकर बम, नेपाली सेनाद्वारा डिस्पोज access_timeमंसिर १३, २०७६

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाको ढोकामै फेला परेको प्रेसरकुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । नगरपालिकाका मेयर हरिनारायण चौधरीको कार्यकक्षको ढोका अगाडि रातो झोलामा पोका पारेर राखिएको अवस्थामा शुक्रवार बिहान बम देखिएको थियो । बम दे...

कमला नदीमा भूत मेला, धामी झाँक्रीको घुइँचो (फोटोफिचर) access_timeकात्तिक २६, २०७६

सिरहा ।  प्रत्येक वर्षजस्तै यस वर्षको कत्र्तिके पूर्णिमामा पनि कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्...

को हुन् ५ नम्बर प्रदेश प्रमुखमा सिफारिस सिरहाका यादव ? access_timeकात्तिक १८, २०७६

सिरहा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रदेश नं. ५ को प्रमुखमा सिरहाका धर्मनाथ यादवको नाम सिफारिस गरेको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादव यस क्षेत्रका इमान्दार नेताको रुपमा चिनिन्छन् । २००० सालमा सिरहाको सुखिपुर नगरपालीका– ६ ख...

प्रेम विवाह गरेकी दलित युवतीको बिचल्ली access_timeकात्तिक ४, २०७६

सिरहा । सिरहामा कथित उपल्लो जातिसँग प्रेम विवाह गरेकी एक युवती बिचल्लीमा परेकी छन् । दुई महिना अघि सिरहाको कल्याणपुर नगरपालिका–१० बङ्ठियाका आकाश भन्ने वरुण मण्डलसँग प्रेम विवाह गरेकी सिरहाकै सखुवानन्कारकट्टी–५, महेशवारीकी २२ वर्षीय सुनिता रामले दलित भए...

सिरहाको गोलबजारमा डेङ्गु रोगको प्रकोप, मेयरकै परिवार संक्रमित भएपछि मात्र नगरपालिका सक्रिय access_timeभदौ २२, २०७६

सिरहा । सिरहाको गोलबजारमा डेङ्गु रोगको प्रकोप फैलिएको छ । अहिलेसम्म गोलबजार नगरपालिकामा मात्रै ९ जना डेङ्गुका बिरामी देखापरेका छन् । गोलबजार नगरपालिका–४ मा ७ जनामा डेङ्गु देखापरेको छ भने वडा नं. ३ मा २ जनामा यो रोग देखापरेको हो । गोलबजारका मेयरकै ...

अवैध रुपमा सञ्चालित पोलिक्लिनिकमा अनुगमन टोली पुगेपछि सञ्चालकहरुको भागाभाग access_timeसाउन २८, २०७६

सिरहा– जनस्वास्थ्य कार्यालय सिरहाले निजी स्तरमा जिल्लाका विभिन्न ठाउँमा अवैध रुपले संचालित पोलिक्लिनिकहरुको आकस्मिक अनुगमन गरेको छ । कार्यालयले लहान क्षेत्रका क्लिनकहरुको आकस्मिक अनुगमन गरेको हो ।  स्वास्थ्य कार्यालयले २१ जेठयता अवैध रुपले सञ्चालित आठ अस्पतालसह...

बाढीपीडित भन्छन्– यस्तो विपत्ति त शत्रुलाई पनि नपरोस् access_timeसाउन २, २०७६

 सिरहा– सिरहा नगरपालिका–१२ सारश्वर हटियाटोलका ७६ वर्षीय मो. भोला अन्सारीले आफ्नो जीवनमा यस्तो विपत्ति आइपर्ला भन्ने सोचेकासम्म थिएनन् । असार २७ शुक्रबार राती कमला नदीको पानी गाउँ पसेर घर भत्काएर घरका सरसामानसमेत बगाएपछि अन्सारी कष्टकर दैनिकी गुजार्दै...

सिरहामा बाढीमा डुबेर २ बालिकासहित ४ जनाको मृत्यु, एक बेपत्ता access_timeअसार ३०, २०७६

सिरहा-सिरहा लगातारको वर्षासँगै आएको बाढी तथा पानीमा डुवेर अहिलेसम्म सिरहामा दुई बालिका सहित पाँच जनाको मृत्यु भएको छ । आइतबार वेलुकादेखि हराइरहेकी मिर्चैया नपा ४ का सन्तोष साहकी ५ वर्षीया छोरी प्रियङ्काको आज सोमबार विहान शव फेला परेको छ । घरबाटै बेलुका हराए...

२४ घण्टादेखि कमला नदिमा फसेका ६० वर्षीय मुखियाको यसरी गरियो उद्दार access_timeअसार २७, २०७६

सिरहा-सिरहास्थत कमला नदीमा २४ घण्टाभन्दा बडी समयदेखि फसेका कर्जन्हा नगरपालिका २  का बेचु मुखियालाई नेपाली सेनाले आज साँझ उद्धार गरेको छ । पानीको सतह कम भएपछि धनुषातर्फ ब्यारेज नजिकबाट लाईफ ज्याकेट लगाएर पसेका नेपाली सेनाको उद्धार टोलीले कर्जन्हा ३ बन्दिपुरका ६...

चोरीको आरोपमा पक्राउ परेकी महिलाद्वारा प्रहरी हिरासतमै आत्महत्या access_timeअसार ९, २०७६

मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाको हिरासतसँगै जोडिएको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छिन् । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्त भएको अवस्था...

सिराहाका ७ वटा नीजि अस्पताल बन्द गर्न निर्देशन access_timeजेठ २४, २०७६

सिरहा– सिरहामा प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ ।  नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लि...

सैनिक जवान हत्या प्रकरणः भागाभागपछि गाउँ नै सुनसान, ६ जना पक्राउ access_timeजेठ ६, २०७६

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिक–४ स्थित सोहपुरमा सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । वैशाख २८ गते राती २५ वर्षीय सैनिक जनाव अनिश कुमार सिंहको चोरीको आरोपमा कुटपिट गरी हत्या भएको थियो । कुटपिटमा संलग्...

बुद्ध जयन्तीकै दिन हजारौं पशुपक्षीको बली, तस्बिरमा हेर्नुहोस् access_timeजेठ ४, २०७६

सिरहा–आज वैशाखी पूर्णिमा अर्थात् अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । भगवान बुद्धको सम्झानामा आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ ।  तर, आजैको दिन सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपक्षीको बली चढाइने गरिएको छ ।&nbs...

सिरहामा स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु access_timeजेठ ३, २०७६

स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो । उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरी गरेको आर...

जहाँ महिलाले पानीमा डुबुल्की लगाउँदा सन्तान प्राप्त हुने विश्वास छ (फोटोफिचर) access_timeबैशाख २, २०७६

सिरहा– चिकित्सा विज्ञानले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्तिका लागि अनेकौं विधिहरु पहिल्याई दिइसकेको छ । चिकित्सा विज्ञानले त्यति सुविधा र्पुयाएको भए पनि मानिसहरुमा सांस्कृतिक र धार्मिक आस्था कति छ भन्ने उदाहरण हो, सिरहाको पतारीमा हरेक वर्ष वैशाख २ गते लाग्ने ...

हेल्थ केयर सेन्टरको चरम लापरवाहीका कारण महतोको मृत्यु access_timeचैत २२, २०७५

सिरहा– सिरहाको मिर्चैयास्थित मंगलम् हेल्थ केयरको चरम लापरवाहीको कारण एक व्यक्तिको मृत्यु भएको छ । हेल्थ केयरको लापर्वाहीका कारण सिरहा मिर्चैया ९ का ५० वर्षीय शिवजी महतोको मृत्यु भएको हो । विष सेवन गरेर  हतारमा उपचार गर्न हेल्थ केयर सेन्टर पुगेका महतोको उप...

Page 1 of 5